आज :

कोहलपुर दुर्घटनामा ज्यान गुमाउने पाँचमध्ये एक महिलाको सनाखत हुन सकेन, ३८ जना घाइते

नेपादगंज । कोहलपुरमा भएको दुर्घटनामा परी ज्यान गुमाउने पाँच जनामध्ये चार जनाको सनाखत भएको छ । प्रहरीका अनुसार एक महिलाको भने अझै पहिचान खुल्न सकेको छैन ।

शुक्रबार साँझ बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा पाँच जनाको ज्यान जानुको साथै ३८ घाइते भएका थिए ।

बाँके प्रहरीका अनुसार ज्यान गुमाउनेमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् भने एक महिलाको अझै सनाखत हुन सकेको छैन ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal