आज :

रुसीमाथि बाइडनले लगाए प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसमाथि प्रतिबन्ध घोषणा गरेका छन् । साइबर आ क्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै बाइडनले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलले जनाएका छन् ।

गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाको छ ।

युरोपेली संघ, नेटो र बेलायतले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् । यद्यपि रुसले अमेरिकाले लगाएका आरोपहरु अस्वीकार गर्दै त्यसको प्रतिउत्तर दिने जनाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धको निर्णय खतरनाक भन्दै त्यसले तनाव बढाउने उल्लेख गरेको छ ।

यसअघि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष दिएर मार्न खोजेको आरोपमा अमेरिकाले सात जना रुसी अधिकारी र एक दर्जन बढी संस्थाहरुलाई पनि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal