आज :

नयाँवर्ष मनाउन सरकारी कर्मचारी बाकेको जीप दुर्घटनाः प्रशासकीय अधिकृतसहित ५ जनाको ज्यान गयो

काठमाडौँ । नयाँ वर्षको मनाउन स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । प्युठान प्रहरीका अनुसार गुल्मीबाट स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्कीको ज्यान गएको प्रहरीले बताएको छ । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

त्यसैगरी दुर्घटनामा परी सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal