आज :

नेपालमा कोरोनाको दोस्रो छालः एकैदिन १३ जनाको ज्यान गयो, संक्रमितको संख्या ५ सय नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दोब्बरको संख्यामा बढिरहेको छ । कोरोनाको नयाँ प्रजातिसँगै फैलिएको संक्रमण तीब्र गतिमा बढिरहेको छ । संक्रमित बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।

केही समयदेखि मृत्युदर शून्यमा झरेको थियो तर सोमबार थप १३ जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जना र पछिल्ला केही दिनमा ज्यान गुमाएका ५ जनासहित सोमबार एकैदिन ज्यान गुमाउने १३ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार बुटवलस्थित कंोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितले ज्यान गुमाए । जसमा बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् ।
ज्यान गुमाउने तीनै जनालाई ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी आज कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार ५१०५ नमुनाको पीसीआर टेष्ट गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने ८ नाकामा ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । सबभन्दा धरै कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ५४ जनाको एन्टिजेन टेष्टमा पोजेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला केही दिनमा संक्रमितको संख्या उकालो लागेको देखाएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा कोरोनाको नया“ प्रजातिका बिरामी भेटिन थालेका छन् । विद्यालयका विद्यार्थीदेखि सर्वसाधारणमा पनि नया“ प्रजातिको कोरोना भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शैक्षिक संस्था कम्तीमा पनि ३ साताको लागि बन्द गर्नुपर्ने सुझाव दिएको छ । यसबारे सरकारले निर्णय गर्न भने सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal