आज :

नेपालमा एकैदिन २६६ कोरोना संक्रमित, ४ जनाको ज्यान गयो, काठमाडौं नाकामा कडाई गर्ने निर्णय

काठमाडौँ । नेपालमा कोरोना संक्रमण फेरि बढेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।

त्यसैगरी थप १०२ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि सबै महानगरपालिकाहरूमा सञ्चालित आईसोलेशन केन्द्र र क्वारेनटाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तिमा १–१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ । यस्तै जनचेतनाका लागि जनशक्ति परिचालन गर्ने, कन्ट्याक्ट ट्रेसिङमा जोड दिने, चीनबाट प्राप्त भ्याक्सिन लगाउन आवश्यक समन्वय गर्ने, सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal