आज :

भारतमा एकैदिन ९३ हजार कोरोना संक्रमित, ४५ वर्षमाथिका व्यक्तिलाई मात्रै खोप

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । भारतीय संचारमाध्यमहरुका एकै दिन विश्वकै धेरै संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा ९३ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा जम्मा कोरोना सङ्क्रमितको संख्या १ करोड २४ लाख ८४ हजार पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ६ सय ५५ पुगेको छ।

यसैबीच भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र प्रदेशहरूमा स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई खोप लगाउन दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ । मानिसहरुले अनुचित रुपमा लाभग्राहीको सूचीमा नाम दर्ता गराएको भन्दै तत्कालका लागि खोप दर्ता नगराउन निर्देशन दिएको हो ।

भारत सरकारले अब ४५ वर्षमाथिका व्यक्तिहरुलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाइने जनाएको छ । पहिले नै लाभग्राहीको सूचीमा दर्ता भइसकेका स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई भने खोप लगाउन आग्रह गरिएको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले जानकारी दिए ।

भारतमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्दा नेपाल भित्रिनेको संख्या पनि बढिरहेको छ । खुला सीमा नाकाबाट भारतमा विभिन्न शहरमा कामको खोजीमा गएकाहरु फर्किन लागेका छन् । सीमा क्षेत्रमा परीक्षण नगरि गाउँगाउँमा पुग्न थालेपछि नेपालमा पनि कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal