आज :

मेलम्चिको पानीको आज औपचारिक उद्घाटन 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने भएकी छन् । काठमाडौंमा मेलम्ची पानी धारामा पुगेपछि आज दिउँसो भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्न लागेकी हुन् ।

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए ।

काठमाडौमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । अहिलेसम्म काठमाडौंको महांकाल, मिनभवन र खुमलटारको ट्यांकीबाट पानी वितरण सुरु भएको छ ।

यता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गरिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal