आज :

किसानको गहुँ काट्दै विप्लव (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव किसानको गहुँ काटिरहेका छन् । सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिपछि
निकै व्यस्त विप्लव पहिलो पटक सार्वजनिक रुपमा किसानको गहुँबारीमा देखिएका हुन् ।

काठमाडौँमा उच्च राजनीतिक भेटघाट गरेर कपिलबस्तु पुगेका विप्लव शिवगढीका स्थानीयको गहुँबारीमा पुगे । पार्टीका स्थानीय नेता कार्यकर्तालाई साथमा लिएर विप्लव गहुँ काट्न बारीमा गएका थिए । घरमा कम जनशक्ति भएर गहुँबाली भित्र्याउन समस्या भएका किसानलाई सहयोग गर्न विप्लव बारीमा पुगेको नेकपाका एक नेताले बताए ।

विप्वले गहुँबारीमा जानुपहिले भने, “श्रमसँग नजोडिएको नेता कार्यकर्ता कम्युनिस्ट बन्न लागयक हुँदैन, जनता बारीमा भएकोले बेला हेरेर बस्ने कम्युनिस्ट नेता बन्न सक्दैन ।”

तीन बुँदे सहमति कार्यान्वयनबारे सरकारसँग छलफल, बन्दी नेता कार्यकर्तालाई भेटघाट, राजनीतिक भेटघाटमा व्यस्त विप्लव हँसिया बोकेर आफ्नो गहुँबारीमा पुगेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । उनीहरु भन्छन्,“कम्युनिस्ट नेता यस्तो हुनुपर्छ ।”

भिडियो https://www.facebook.com/802823923110195/videos/122167629829231

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal