आज :

भारतमा कोरोनाको दोस्रो लहरः नेपालमा लकडान हुन सक्ने, मास्क नलगाए कारवाही 

काठमाडौं । भारतमा नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमण नियन्त्रण बाहिर गएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा प्रवेश गर्नेको संख्या निकै बढेको छ । खुला सीमा नाकामा दैनिक हजारौं नेपाली विना स्वास्थ्य मापदण्ड भित्रिरहेका छन् । यसले नेपालमा कोरोनाको जोखिम बढाएको छ ।

भारतमा कोरोना भाइरस बढेसँगै नेपालमा त्यसको प्रभाव पर्ने देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नु पर्ने हुन सक्ने बताएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना नगरे कारवाही गर्ने चेतावनी दिँदै मास्क लगाउने र अनायवश्यक भिडभाड नगर्न भनेको छ ।

काेराेना सङ्क्रमण फैलिन नदिन तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा भिडभाड नगर्न, होली पर्वलाई घरमै मनाउन आग्रह गरेका छन् ।

सार्वजनिक ठाउँ तथा गाडीमा हिँड्दा अनिवार्य मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दुरी कायम नगरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएकाे छ ।

कोरोना भाइरस संक्रमण बढेसँगै भारतले खोप निर्यातलाई रोकेको छ ।

नेपालमा पछिल्ला दिनमा संक्रमण दर बढेको छ । बुधबार थप १ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ । यस्तै  बुधबार ९० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार एक सय ८७ पुगेको थियो ।

यस्तै काेराेना सङ्क्रमणबाट एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ११ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal