आज :

लकडाउनको एक वर्षः नेपालमा कोरोनाको दोस्रो लहर

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपालमा लकडाउन सुरु गरेको आज एक वर्ष पूरा भएको छ । कोरोना चीन हुँदै यूरोप र भारतमा पुगेपछि नेपालमा पनि फाट्टफुट्ट देखा पर्न थालेको थियो ।

सरकारले कोरोना भाइरस रोकथामको लागि भन्दै देशभर लकडाउन जारी गर्यो । त्योसँगै देशभित्र र विदेशमा रहेका नेपालीहरु घर फर्किन थाले । काठमाडौंलगायतका शहरबाट झिटीझ्याम्टा बोकेर घर फर्किएका दृश्यहरु अहिले पनि मानसपटलमा ताजै छन् ।

‍लकडाउन सुरु भएको एक वर्ष भएको पूरा हुँदै गर्दा कोरोनाको दोस्रो लहरको त्रास फैलिएको छ । भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि ‍दोस्रो लहर चल्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तक रहन अनुरोध गर्यो । मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले विज्ञप्ति जारी गरेरै भेला, सम्मेलन र भिडभाड नहुन भन्दै स्वास्थ्य मापदण्डको पालन गर्न आग्रह गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना संक्रमणको लहर समुद्री छालजस्तै भएको भन्दै छाल बढेर माथि पुग्ने सक्ने बताए । संक्रमण सुरु भएपछि उच्चतम विन्दुमा पुगेर संक्रमितको संख्या लगातार घट्दै गएको अवस्थालाई पहिलो लहरको प्रभाव घट्दै गएको अर्थमा बुझ्नुपर्ने अधिकारीले बताए । तर संक्रमण दर घटेर न्यून बिन्दुमा आइपुगेको अवस्थामा फेरि संक्रमितको संख्या बढ्दै जान थाल्छ भने त्यसलाई दोस्रो लहरका रुपमा लिइने उनले बताए ।

नेपालमा पहिलो पटक गत वर्ष माघ १० गते कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको थियो ।

नेपालमा हालसम्म २ लाख ७६ हजार २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार १९ जनाको ज्यान गइसकेको छ । संक्रमणमध्ये २ लाख ७२ हजार ९७ जना निको भएर समान्य जीवनमा फर्किएका छन् । अहिले ११ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

केही दिन पहिले सक्रिय संक्रमित संख्या हजार तल झरेको थि‍यो । तर पछिल्ला दिनमा संक्रमितको संख्या बढेको छ भने निको हुनेको संख्या घट्दो छ । संक्रमित संख्या सय जना कम थियो भने मंगलबार १८८ जनामा संक्रमित भएको पुष्टि भएको थियो । निको हुनेको संख्या ७७ जना रहेका थियो ।

छिमेकी भारतमा दोस्रो लहरको रुपमा फैलिएको छ । भारतमा पछिल्ला ३८ दिनमा कोरोनाका सक्रिय संक्रमित संख्या दुई लाख पुगेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भारतमा संक्रमणको दर बढेसँगै नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal