आज :

उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण

काठमाडौं । अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा सैन् य अभ्यास गरेलगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले नेता किम जोङ उन र उनकी बहिनीले दक्षिण कोरियाकोसमेत संलग्नतामा सयुक्त सै न्य अभ्यास गरेकोप्रति अमेरिकाको आलोचना गरेलगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त परीक्षणको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका हुन् । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले क्षेप्यास्त परीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि वार्ता गर्ने बताइरहेका बेला पुनः क्षेप्यास्त परीक्षण भएको हो ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लाइन्केनले गत हप्ता उत्तर कोरियालाई आफ्ना आणविक कार्यक्रम स्थगन गर्नका लागि दवाव दिन चीनसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो । तर चिनियाँ अधिकारीहरुले उत्तरको क्षेप्यास्त्र परीक्षणलाई कम गर्न आणविक कार्यक्रम अनुसार नै संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश नभएको बताएका छन् ।

पछिल्ला वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नेता किमले तीन पटक वार्ता गरेपनि समम्बन्ध सुधार हुन सकेको थिएन । त्यसलगत्तै अमेरिकासँग पछिल्लो एक वर्ष उत्तर कोरियाको कुनै संवाद नभएको बताइएको छ । दुवै देशका अधिकारीहरुबीच पछिल्लो पटक सन् २०१९ को अक्टोबरमा स्वीडेनमा भेटवार्ता भएको थियो । यता बाइडेन प्रशासनले किमसँगको वार्तामा संलग्न अधिकारीहरुसँग पनि छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal