आज :

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमण सकेर आज स्वदेश फर्किने, चार बुँदे सम्झौता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्कने भएकी छन् । पहिलो पटक राष्ट्रपतिस्तरमा भएको भ्रमण निकै फलदायी रहेको बताइएको छ ।

भ्रमणको क्रममा भण्डारीले समकक्षी बंगलादेशका राष्ट्रपति राष्ट्रपति मोहम्मद अब्दुल हमिदसहित उच्च राजनीतिक भेटवार्ता गरेकी थिइन् । हमिदसँगको भेटमा दुईपक्षीय र क्षेत्रीय एजेण्डामा कुराकानी भएको बताइएको छ ।

भ्रमणको क्रममा पारवहान, पर्यटन, उर्जालगायतचारवटा सम्झौताहरु भएका छन् । दुई देशको बीचमा रहेको पारवहन सम्झौतामा केही परिवर्तन गरिएको छ ।  जसअनुसार तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले बंगलादेशको थप रेलवे लाइनको प्रयोग गर्न सक्छ ।भूपरिवेष्ठित मुलुक नेपाललाई पारवहन सुविधा दिँदै आएको छ ।

नेपालले आफ्नो व्यापार र पारवहन सम्बन्धलाई विविधीकरण गर्ने नीति लिएको छ । त्यसैले भारत र चीनसँग नेपालले अब बंगलादेशले प्रदान गरेको पारवहन सुविधालाई अधिकतमरुपमा प्रयोग गर्ने र त्यसलाई विस्तार गर्ने नीति लिनु आवश्यक छ ।

त्यसैगरी दुई देशको बीचमा पर्यटन विस्तार गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ । दुई मुलुकको बीचमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसको समुचित प्रवर्द्धन हुन सकेको थिएन् । त्यसैगरी दुई मुलुकको बीचमा सांस्कृतिक आदान-प्रदानलगायतका विषयमा पनि सहमति भएको छ ।

पछिल्लो समयमा दुई देशको बीचमा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा केही प्रगति भएको छ । भण्डारीको भ्रमणमा पनि यो विषयले विशेष प्राथमिकता पाएको छ । त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको बीचमा सहकार्य आवश्यक भएको बताइन् ।

राष्ट्रपति भण्डारीको ढाका भ्रमणले विगत पचास वर्षमा हुन नसकेको दुई देशबीचको सम्बन्धले नयाँ फड्को मारेको परराष्ट्र मन्त्रालयका अधिकारीले दाबी गरेका छन् । दुई पक्षीय आदान प्रदान मात्र नभएर दुई पक्षीय सहकार्यका क्षेत्रहरुमा केही प्रगति भएको छ ।

यसअघिसम्म नेपाल र बंगलादेशका एजेण्डा कर्मचारीतन्त्रमा सिमित रहेका थिए । दुई वर्ष अगाडि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको राजकीय भ्रमणका आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal