आज :

नेपालमा कोरोनाको दोस्रो लहर ! सभा-जुलुस, सेमिनार नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्र नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर चलेको छ । भारतबाट खुला सीमाको दुरुपयोग गर्दै संक्रमित नेपाल प्रवेश गरिरहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आउनेलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गरेर स्वास्थ्य मापदण्ड कामय गर्न र भिडभाडजन्य कार्य नगर्न आग्रह गरेका छन् ।  मन्त्रालयले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ ।

नेपालमा पनि पछिल्ला केही हप्तादेखि संक्रमित बढे पनि स्वास्थ्य मापदण्डको पालना भने विरलै हुने गरेको पाइएको छ । कोरोनाका संक्रमितहरु बढिरहँदासमेत सरकारबाटै स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन हुँदै आएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै पार्टीका नेताहरुले नै स्वास्थ्य मापदण्ड पूरा गर्न छोडेका छन् । उनीहरु दैनिक हजारौं जम्मा हुने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

भारतमा चलेको दोस्रो लहरपछि नेपालमा प्रवेश गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा सबैभन्दा बढी नेपाल भित्रिने सुदूरपश्चिम सबैभन्दा बढी जोखिम रहेको बताइएको छ । केही दिन पहिले मात्रै गड्डाचौकीबाट नेपाल भित्रिएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसले कोरोनाको दोस्रो लहर नेपाल प्रवेश गर्ने चिन्ता बढाएको छ ।

यसैबीच नेपालमा आइतबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै १०६ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । अहिले नेपालमा ९६९ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट नेपालमा ३ हजार १६ जनाको ज्यान गएको छ । पछिल्लो केही दिन शून्य मृत्यु रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal