आज :

पत्रकार विद्यार्थी संगठनको प्रथम राष्ट्रिय सम्मेलन असार १५ र १६ गते काठमाडौंमा

काठमाडौं । पत्रकार विद्यार्थी संगठन,नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौं हुने भएको छ । संगठनको हालै बसेको बैठकले २०७८ असार १५ र १६ गते काठमाडौंमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

जनपक्षीय,श्रमजीवी र वर्गीय एवम् राष्ट्रिय पत्रकारिताका लागि हाम्रो आन्दोलन , पत्रकार विद्यार्थी संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको संयोजक मुक्ति गैरेले जानकारी दिए ।

संगठनको काठमाडौंमा बसेको केन्द्रीय बैठकले सम्मेलनको मिति तय गर्दै संयोजक गैरेको नेतृत्वमा १९ सदस्य प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति पनि गठन गरेको छ ।

त्यसैगरी बैठकले सातै प्रदेशमा संयोजक समेत तोकेको छ । जसमा बागमती प्रदेशमा सपना कुँवर, गण्डकी प्रदेशमा अम्मरराज पाण्डे,लुम्बिनी प्रदेशमा किशोर शाही, कर्णाली प्रदेश र सुदूरपश्चिम संयोजकमा जनक शाहीलाई जिम्मा दिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय विभाग तथा कार्यालय सचिवमा मोहन बहादुर नेपाली चयन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal