आज :

उत्तर कोरियाले भन्यो – अहिलेकै अवस्थामा अमेरिकासँग वार्ता हुँदैन 

काठमाडौं । उत्तर कोरियाले अहिलेकै अवस्थामा अमेरिकासँग वार्ता नगर्ने बताएको छ । अमेरिकाले वार्ताको कुरा चलाइरहेको बेला उत्तर कोरियाले वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाको आलोचना गरेलगत्तै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । किमकी बहिनी किम यो जोङले आफ्नो मुलुकप्रतिको नीति सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी थिइन् ।

आफ्नो देशप्रति अमेरिकी व्यवहारले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप लगाएकी थिइन् । उनले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सै न्य अभ्यास गरेर आफ्नो देशमाथि हमलाको प्रयास गरेको आरोप समेत लगाएकी थिइन् ।

अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी गरेको छ । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने उत्तर कोरियामाथि कुटनीतिक दवाव जारी राख्ने बताए । सचिव एन्टोनीले उत्तरसँग पुनः वार्ताका लागि आफू तयार रहेकोसमेत बताए  ।

अमेरिकाको यस्तो भनाईप्रति उत्तर कोरियाका विदेशमन्त्री चो छोरा हुवाले वार्ताको प्रस्ताव झुक्याउने चालबाजीमात्र भएको टिप्पणी बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal