आज :

ब्राजिलमा एकैदिन ८६ हजार जना कोरोना संक्रमित

काठमाडौं । नेपाललगायत विश्वका धेरै देशहरुमा कोरना भाइरस संक्रमण नियन्त्रण आउँदै गर्दा ब्राजिलमा भने तीब्र गतिबाट फैलिरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार शनिबार एकै दिन झण्डै ८६ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ

अहिले विश्वका अधिकांश देशहरुले कोरोनाविरुद्ध खोप लगाइरहेका छन् भने कसैले तयारीमा छन् । नेपालमा अहिलेसम्म १५ लाखले कोरोना खोप लगाइसकेका छन् ।

कोरोना संक्रमितको तेस्रो स्थानसम्म पुगेको छिमेकी भारतमाम कोरोना फैलिने र खोप अभियान जारी छ । भारतीय संचारमाध्यमहरुका अनुसार शनिबार एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal