आज :

बाँकेमा जन्ती बोकेको बस दुर्घटना, मकवानपुरमा ट्रक र बस ठोक्किए, ४७ जना घाइते

काठमाडौं । छुटाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् । बाँकेमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा शुक्रबार राति भएको दुर्घटनाका घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुलही पुर्याउन हिडेको ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको बाँके प्रहरीले बताएको छ ।

राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्‍याउन हिँडेको थियो । घाइते सबैको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैबीच मकवानपुरमा ट्रक र रात्रिबस एक आपसमा ठोक्किएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा भएको दुर्घटनाम परी ३ जनाको ज्यान गएको छ ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमारको ज्यान गएको हो ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा ज्यान गएको थियो । अन्य घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal