आज :

मेलम्चीको खानी आज काठमाडौं झर्दै, तीन महिनाभित्र घरघरमा पुग्ने

काठमाडौं । लामो प्रतिपक्षापछि आज मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झर्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झार्न लागिएको हो ।

केही दिनदेखि सुरु भएको सुरुङको परीक्षण पूरा भएसँगै पानी प्रशोधन केन्द्रमा झार्न लागिएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्न भएका छन् ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले जानकारकी दिए ।

आयोजनाका अनुसार सफल परीक्षणपछि अबको तीन महिना नकटाइ काठमाण्डौका घरघरमा मेलम्चीको पानी पुग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो ।

गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको थियो । अहिलेसम्म कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal