
काठमाडौं । कोरोनाविरुद्धको थप खोप आज आइपुग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो १ बजे भारतबाट थप १० लाख खोप आउन लागेको छ ।
सरकारले भारतसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो । त्यसमध्ये पहिलो चरणमा १० लाख र दोस्रो चरणमा १० लाख खोप दिने भारतले जनाएको थियो । खोपको लागि नेपाल सरकारले ९५ करोड भारतीय खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियालाई पठाइसकेको थियो ।
आज आउने कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डाै आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यसअघि भारतले अनुदानमा दिएको १० लाख खोप नेपालमा अहिले पनि लगाउने कार्य जारी छ ।