आज :

इरानसँग आणविक वार्ता गर्न बाइडनको प्रस्ताव, यस्तो छ इरानको जवाफ 

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग आग्रह गरेको छ । राष्ट्रपति जो बाइडनले इरानसँग वार्ताको प्रस्ताव अगाडि सारेका हुन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै बाइडनले नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग आग्रह गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनको यो महत्वपूर्ण कदम भएको बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि तेहरानसँग वार्ता गर्न तयार रहेको बताए ।

हालसम्म परमाणु सम्झौतामा तेहरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको सबैभन्दा ठोष कदम भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।

तर, इरानले भने अमेरिकी प्रस्ताव विश्वास लाग्दो नभएको बताएको छ । इरानकी विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको बताएका छन् । उनले इरानमाथि अमेरिकाले लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्र वार्ताका लागि विश्वासको वातारण बन्ने बताए ।

इरानले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएले आफ्नो यसअघि भएका सम्झौताको पालना नभए आफूहरु वार्ताका लागि तयार नहुने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal