
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलको काठमाडौंमा उपचार भइरहेको छ । रावललाई धनगढीबाट थप उपचारको लागि काठमाडौंमा ल्याइएको थियो । हाल उनको धापासीस्थित ग्रिन सिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
सांसद रावलको कलेजो र पेटमा गम्भीर समस्या देखिएपछि धनगढीमा आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो । थप उपचारको काठमाडौँ ल्याइएको भाई डम्बरबहादुर रावलले जानकारी दिए ।
अस्पतालका अनुसार सांसद रावलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । सुधार भइरहेपनि अझैं केही दिन चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने भएकोले तत्कालि डिस्चार्ज गर्न नसकिने अस्पतालले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभाका सचेतक समेत रहेका रावलले आफूलाई सुधार हुँदै गएको महशुस गरेको भन्दै आफन्त, शुभचिन्तलाई चिन्ता नमान्न आग्रह गरेका छन् । उनले आफू छिटै नियमित काममा फर्किने समेत विश्वास व्यक्त गरे ।