आज :

काठमाडौंसहित देशभरको मौसम बदली, बर्षा र हिमपात हुने 

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंमा आंशिक बदली भइरहेको छ भने दिउँसोसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको बताइन् । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

मौसम सफा हुन केही लाग्ने छ । घाम नलागेपनि धेरै चिसो भने नहुने महाशाखाले जनाएको छ । पहाडी र हिमाली क्षेत्रमा विस्तारै चिसो हट्दै गएको छ भने तराईका जिल्लामा विहान चिसो भएपनि दिउँसो भने गर्मी हुन थालेको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal