आज :

केर्नी न्यूज डटकमकी सम्पादक चौधरी सम्मानित

धनगढी । पत्रकार उन्नती चौधरी सम्मानित भएकी छन् । केर्नी न्यूज डटकमका सम्पादक समेत रहेकी चौधरीलाई नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार सम्मान गरेको हो ।

महासंघले आफ्नो दोस्रो साधारणसभामा जयपृथ्वी बहादुर सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार चौधरी, डोटीका पत्रकार खगेन्द्र बहादुर सिंह र दार्चुलाका पत्रकार मनोज बडुसहित १२ जना पत्रकारलाई विभिन्न विधामा महासंघले सम्मान गरेको छ । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टले पुरस्कार तथा सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

त्यसैगरी कञ्चनपुरको रामबहादुर चन्दलाई सुदूरपश्चिम पत्रकारिता तारा सम्मान पुरस्कार, कञ्चनपुरको चित्रांग थापा र कैलालीका मनमोहन स्वाँरलाई अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । डडेलधुराका पत्रकार डिआर पन्तलाई लिलानाथ ओझा स्मृति पत्रकारिता पुरस्कार, बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार, बाजुराका पत्रकार प्रकाश बहादुर सिंहलाई जेपी जोशी पत्रकारिता पुरस्कार, कञ्चनपुरका पत्रकार दुर्गा उपाध्याय, बैतडीका पत्रकार तृप्ती शाही र अछामकी पत्रकार गीता कुँवरलाई केआई सिंह पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

महासंघले सुदूरपश्चिमको सञ्चार गृहको तर्फबाट पहुरा थारु दैनिकलाई सम्मान गरेको छ । पहुरा थारु दैनिक थारु भाषामा विगत १८ वर्षदेखि दैनिक पत्रिका प्रकाशन गर्दै आएको छ । यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नौ वटै शाखामध्ये दार्चुला शाखा सम्मानित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal