आज :

७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो, ३.३ फुट माथिसम्म सुनामी

काठमाडौं । शक्तिशाली भूकम्प गएसँगै सुनामी आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको हो ।

बुधबार साँझ ७.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भूकम्पको केन्द्रविन्दु लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा रहेको छ । भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको बताइएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal