
काठमाडौं । बैतडीकी छात्रा भागरथी भट्टको ह’त्याको विरोध अखिल क्रान्तिकारी सडकमा निस्किएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीले बैतडीसहित देशभर विरोध प्रदर्शनमा उत्रिएको छ ।
बलात् कार र ह’त्यामा संलग्नलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले बैतडीको स्कूल कलेजमा विरोध प्रदर्शन गरिरहेको छ ।
बैतडी दोगडाकेदार गाँउपालिका ७ सनातन धर्म माध्यामिक विद्यालयकी छात्रा भागरथीका ह।त्यारा सार्वजनिकको माग गर्दै महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेको छ ।
त्यसैगरी अखिल क्रान्तिकारीको अगुवाईमा अर्घाखाँची, कपिलबस्तु, अछाम, बाँके, बर्दियालगायत देशभर विद्यार्थीहरु विरोध प्रदर्शन गरिरहेका छन् । अपराधीलाई कानुनी कठघरामा नल्याउदासम्म विरोध जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ ।
घटना भएको एक हप्ता भइसक्दा पनि दोषीलाई पत्ता लगाउन प्रहरी सफल भएको छैन । निर्मला पन्तको घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु घटनास्थल पुगेर अनुसन्धानमा जुटेको बताएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकिएको छैन ।
कक्षा १२ मा अध्ययनरत भागरथी घर फर्किने क्रममा बीच बाटोमा बलात्कार पछि हत्या गरिएको पुष्टि भइसकेको छ । प्रहरीले तालिम प्राप्त कुकुर लिएर अनुसन्धान गरिरहेको छ ।