आज :

नेपालमा कोरोना संक्रमितको संख्या एकसय भन्दा कम, मृत्यु शून्य

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकसयभन्दा कम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक संक्रमितको संख्या एकसय भन्दा कम भएको हो । मन्त्रालयका अनुसार शनिबार ९९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना पुरुष र ४२ जना महिलामा संक्रमण देखिएको थियो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ४८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर ९५ जना क्वारेन्टाइनमा रहँदा ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन् । ६१ जना आइसियू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal