आज :

बैतडीमा दुई चेली अपराधको शिकारः बेलमतीलाई बुबाले मारे, भागरथीलाई यौन पिपासुले

धनगढी । मानिसहरु कति निर्दयी, कुरर र अपराधिक हुन्छन् भन्ने कुरा बैतडीमा बेलमती महरा, धामी र भागीरथी भट्टको घटनाले पुष्टि गरेको छ । भागरथीलाई बलात्कारपछि ह त्या गरिएको छ भने बेलमतीलाई जन्माएको बुबाले गोली हानेर मारे । यी दुबै घटनाको जति निन्दा गरेपनि कमै हुन्छ ।

कक्षा १२ मा अध्ययनरत भागरथी विद्यालयबाट घर फर्किने क्रममा बीच बाटोमा बलात्कारपछि मारिइन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् ।

सधैंझैं भागरथी बुधबार दिउँसो २ बजे पढाइ सकेर घर फर्केकी थिइन् । सधैं साथीसँगै आउने भागरथी त्यो दिन एक्लै थिइन् । उनको साथीहरु कपाल काट्ने भन्दै पछि थिए । तर, साँझसम्म घरमा नपुगेपछि भागरथीको आमा द्रोपतीले खोजखबर गर्दा पनि कतै पत्तो लागेन ।

विहीबार नियमित रुपमा विद्यालयलबाट फर्किएकाहरु विद्यार्थीहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखेर खबर गरेपछि प्रहरी पुगेको थियो । दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीका अनुसार सोही स्थानमा भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो ।

प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर ह त्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि ह त्या भएको देखिएको छ । भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीका अनुसार शनिबार जिल्ला अस्पतालमा भागरथीको पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन केही दिन लाग्छ ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् ।

भागरथीको बुबाको निधन भएको दुई महिना पनि पुगेको छैन । बुबाको निधन भएपछि भागरथीका दाजु बुबाको काजकिरिया सकेर भारत गएका छन् ।

त्यसैगरी बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महर (धामी)को गोली हानी
मारेका छन् ।

बैतडी प्रहरीका अनुसार शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीलाई मारेर धनबहादुर फरार भएका छन् । उनले भरुवा बन्दुक फायर गरेर छोरीलाई मारेका थिए । बेलमती गएको एक महिनादेखि माइतमै बसिकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal