आज :

काठमाडौँसहित देशका धेरै क्षेत्रमा हिमपात र वर्षा, किसान खुशी

काठमाडौं । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा हिमपात र वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण भएको मौसम बदलीसँगै काठमाडौँ उपत्यकाका चन्द्रगिरी, लेले, नागार्जुनलगायतका क्षेत्रमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजीना शाक्यका अनुसार काठमाडौँ उपत्यकामा अझैं केही दिन वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार देशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ भने केही क्षेत्रमा वर्षा भएको छ ।

महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ मा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । शनिबार साँझबाट बागमती प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

हिमपात र वर्षा भएपछि किसानहरु खुशी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal