
काठमाडौं । कैलालीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृ’त्यु भएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटास्थित कालीका सामुदायिक वन नजिक घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृ’त्यु भएको छ भने ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घा’इते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् ।
उनका अनुसार माटोको ढि’स्को परेर घाइते भएका काजल विक र अञ्जु जैगढीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।