काठमाडौं । (नेकपा) को केपी ओली समूहले काठमाडौंको नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौंको नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेको हो ।
बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वरर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।
शुक्रबार काठमाडौं नारायणहिटीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले फागुन १ गते बुटवल र ८ गते विराटनगरमापनि सभा हुने बताएका छन्। प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको दाबी गरेका थिए।अब देश बनाउन कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          






