आज :

नेकपाका काठमाडौँ सेक्रेटरी घिमिरे कारागार चलान, चन्द र विरेन्द्र पुनः पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरी भिमसेन घिमिरे ‘पवन’ लाई कारागार चलाउन गरिएको छ । जिल्ला अदालत काठमाडौँले मंगलबार पवनलाई डिल्लीबाजर गारा चलान गरिएको हो ।

अदालतले धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेको थियो । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट विचारधिन रहेको र प्रहरीले अर्को मुद्धा लगाएर पक्राउ गर्ने भएपछि पवन धरौटी नतिरी जेल जान तयार भएका हुन् ।

काठमाडौं प्रहरीले पवनमाथि चन्दा ऐनमा मुद्धा चलाएको थियो । अदालतले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै बन्दी बनाइराख्नु नपर्ने फैसला गरेको थियो । बन्दीको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल, सन्तोष कोइरालालगायतले बहस गरेका थिए ।

त्यसैगरी सोही मुद्धामा अदालतले साधारण तारेखमा रिहा गरेका हरि चन्द र विरेन्द्रलाई भने प्रहरीले पुनः पक्राउ गरेको छ । परिवारका अनुसार दुबै जनालाई कता लियो र के मुद्धामा पुनः पक्राउ गरिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन । परिवारले वपत्ता पारेको भन्दै चिन्दा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal