काठमाडौं । नेपालमा भूकम्प गएको छ । मनाङलाई केन्द्र बनाएर मंगलबार राति ९ बजेर ५९ मिनेटमा जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्र मनाङ जिल्लाको नारालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्कीलगायतको जिल्लामा महशुस भएको छ । सामाजिक संजालमा मानिसहरुले भूकम्पको धक्का महसुस भएको भन्दै लेखेका छन् ।
२०७२ सालमा भूकम्पबाट भएको क्षति भौतिक संरचना निर्माण भइकसेको छैन । तर भूकम्प पछि पटकपटक पराकम्पन गइरहेका छन् ।