
काठमाडौं । भारतले नेपाललाई अनुदानमा १० डोज खोप उपलब्ध गराएको छ । खोप बुधबारबाट लगाउन सुरु गरिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । भारतले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतमै विकास गरिएको गरी दुई प्रकारका खोप अनुदानमा दिएको हो ।
भारतमा एक हप्ता पहिलेबाट खोप दिन सुरु गरिएको छ । भारतले भारतमा खोपका कारण ६ सयभन्दा बढीमा साइड इफेक्ट देखिकएको छ । पाँच जना स्वास्थ्यकर्मीसहित दुई दर्जनको ज्यान गइसकेको छ । तर भारतले सरकारले खोपको इफेक्टका कारण ज्यान नगएको दाबी गरेको छ ।
जनवरी १६ बाट सुरु गरिएको खोप अहिलेसम्म १५.३७ लाखलाई लगाइएको छ । एक हप्तामा खोप लगाउन लिएको लक्ष्य पूरा हुन सकेको छैन । धेरैले खोप लगाउन मानेका छैनन् । साइड इफेक्टका कारण संक्रमित नभएकाहरुको नै मृत्यु भएपछि मानिसहरु खोप लगाउन डराइरहेका छन् । अग्रपंक्ति खटिने कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप लगाउन सुरु गरिएको थियो । उनीहरु खोप नलगाउन विभिन्न बहाना बनाइरहेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
खोप लगाउन मानिसहरु डराउने गरेको स्वीकार गर्दै नयाँ दिल्लीको एम्सकी डाक्टर उमा कुमारीले साइडइफेक्ट र खोपमाथि विश्वास गर्न नसकेका कारण डर पैदा भएको बताउँछन् । भारतले विकास गरेको खोप परीक्षण विनै आपत्तकालिन प्रयोग अनुमति दिइएको बताइएको छ । खोपको साइड इफेक्ट छाटो समयलाई मात्र देखिने डा. उमाले बताएकी छन् ।
मानिसहरु डराउन थालेपछि भारतीय स्वाथ्यमन्त्री डा. हर्षवर्धनले पनि खोप लगाएका छन् । अझै खोपप्रतिको डर हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खोप लगाउने तयारी भइरहेको छ ।
यसैबीच नेपाल ल्याएको भारतीय खोप लगाउन मानिसहरु डराइरहेका छन् । भारतीय खोपले विश्वास स्वास्थ्य संगठनले तयार पारेको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको बताइएको छ । ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालले भारतीय खोपले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेर नै परीक्षणको लागि नेपाल पठाइएको बताउँछन् । उनले आफूले भारतीय खोप नलगाउने घोषणा समेत गरिसकेका छन् ।
अनुदान नाममा नेपाललमा भारतले कोरोना खोप परीक्षण गर्न लागेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेतृत्वले पहिलो खोप लगाउन माग समेत गरेका छन् । रुसले विकास गरेको खोप पहिले राष्ट्रपति भ्लामिर पुटिनकी छीरीलाई लगाइएको थियो ।