आज :

कोरोनाविरुद्धको १० लाख डोज खोप आज नेपाल आइपुग्दै, ४ लाखलाई खोप दिने तयारी

काठमाडौं । नेपालमा आज पहिलो पटक कोरोनाविरुद्धको खोप आइपुग्दैछ । भारतले अनुदान दिएको १० लाख डोज खोप आज नेपाल आइपुग्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप विमानबाट दिउँसो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछ । नेपाल-भारतले बुधबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर खोप आज आइपुग्ने जानकारी दिइएको थियो ।

भारतले अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप भारतले अनुदानमा दिएको थियो । भारतबाट ल्याइएको पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई दिने सरकारी तयारी भएपनि अहले भने आज आइपुग्ने खोप चार लाखलाई दिइनेछ ।

एकजनालाई दुई डोज खोप दिनुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । भारतले पहिलो चरणमा दिएकोक १० लाख डोज खोप ५ लाखलाई दिन पुग्ने भएपनि लगाउँदा केही खेर जाने भएकोले चार लाखलाई पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन, एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ ।

आज आउने खोप फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ । खोप आज आइपुगे पनि लगाउन १० देखि १५ दिन लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइछ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन तयारी भइरहेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्नुपर्ने हुन्छ । खोप भण्डारण गर्न देशभर २८ कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने गरी तयार पारिएको छ । उपत्यकामा दुई कोल्डरुममा कोभिड खोप भण्डारण गर्ने तयारी छ । स्वास्थ्य मन्त्रालयमा दुईवटा कोल्डरुममा ४२ लाख १४ हजार पाँच सय ६० डोज भ्याक्सिन अट्छ ।

विराटनगरमा एउटा कोल्डरुममा आठ लाख ६२ हजार, केन्द्रीय भ्याक्सिन स्टोर पथलैयाका तीनवटा कोल्डरुममा १४ लाख ३६ हजार सात सय, हेटौँडामा १४ लाख ३६ हजार सात सय डोज खोप अट्नेछ । प्रदेश २ मा पनि हेटौँडाबाट खोप पठाइनेछ । त्यसका लागि २८ लाख ७३ हजार पाँच सय सय डोज भ्याक्सिन अट्ने कोल्डस्टोर छ ।

पोखरामा आठ लाख ६२ हजार डोज, बुटवलमा तीन कोल्डरुममा १४ लाख ३६ हजार सात सय डोज, नेपालगन्ज र सुर्खेतका दुईवटा कोल्डरुममा २८ लाख ७३ हजार चार सय डोज, धनगढीमा आठ लाख ६२ हजार डोज कोभिड भ्याक्सिन अट्नेछ । केन्द्रमा छुट्टै्र रहेको पाँच हजार दुई सय ५० लिटर क्षमताको कोल्डरुममा काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका लागि पनि खोप राख्ने तयारी छ ।

स्वास्थ्य मन्त्रालयले भ्याक्सिन विभिन्न स्टोरमा पु¥याउन तीनवटा भ्यान तयारी अवस्थामा राखेको छ । एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढी छाड्नेछ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले भने पोखरा लैजानेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal