आज :

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको आज शपथ समारोह 

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले आज भब्य समारोहबीच जिम्मेवारी समाल्दै छन् । नेपाली समयअनुसार राति १०ः१५ मा बाइडनले शपथ समारोहबीच राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले जिम्मेवारी समाल्ने भएका छन् ।

शपथ समारोह सँगै बाइडनको कार्यकाल सुरु हुने भएको छ । उनले आगामी ४ बर्षसम्म अमेरिकाको सत्ताको बागडोर समाल्नेछन् । बाइडनको शपथ समारोहमा हिं.सा भड्किन सक्ने भन्दै अमेरिकाभर कडा सुरक्षा व्यवस्था पारिएको छ । वासिङ्टन डिसीमा हजरौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चुनावमा धाँधली भएको भन्दै आफूले सहजै सत्ता नसुम्ने बताउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सहजै सत्ता सुम्पिँदै बाइडनलाई शुभकामना दिएका छन् । तर शपथ समारोहमा भने सहभागी नहुने भएका छन् ।

संसद भवनमा गरिएको हमलापछि ट्रम्पको चर्को विरोध भएको थियो । आफ्नै पार्टीका सांसदहरुले समेत विरोध गरेपछि ट्रम्प एक कदम पछि हटेका थिए ।

आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरुमा कर्फ्यू लगाइएको छ । सुरक्षाको जिम्मा अमेरिकी गुप्तचर निकायलाई दिइएको छ । उसले हजारौँ प्रहरीलाई सहयोग गर्न न्यान्शल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal