आज :

लोडसेडिङ तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ हुने

जुम्ला । अबदेखि जिल्लामा दैनिक लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेसँगै जिल्लाका विभिन्न ठाउँहरुमा दैनिक लोडसेडिङ हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

त्यस्तै, हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । यो तालिकामाम उल्लेख बस्तीमा बिजुली नपुग्ने देखिएको छ । प्राधिकरणले पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने जनाएको छ ।

लामो समयपछि लोडसेडिङ तालिका सार्वजनिक भएको छ  । योसँगै देशका अन्य भाग वा जिल्लामा पनि लोडसेडिङ हुन सक्ने चिन्ता बढेको छ । अहिले विजुली वितरण भएका क्षेत्रमा लोडसेडिङ हटेको थियो । तर जुम्ला वितरण केन्द्रले मागअनुसार आपूर्ती नभएकोले लोडसेडिङ गर्नु परेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal