आज :

विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को चुचुरोमा १० नेपाली, रचियो इतिहास 

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमालमा नेपालीले पहिलो पटक पाइला टेकेका छन् । चिसो मौसममा १० नेपालीले संसारको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को आरोहण गरेर इतिहास रचेका छन् ।

कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए ।

यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए । तर यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि उनको मृत्यु भएको थियो ।

कारकोरम पर्वत श्रृङ्खलामा अवस्थित यो हिमाल पाकिस्तान–चीनको सीमामा फैलिएको छ । माउन्ट केटू सगरमाथाभन्दा २ सय मिटरमात्रै होचो छ ।  यो हिमाल लामो समयदेखि सबैभन्दा खतरनाक मानिँदै आएको थियो ।

अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए र उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए ।

सुरुमा नेपाली पर्वतारोहीको तीनदेखि चार समूह माउन्ट केटूको आरोहणमा निस्किएको थियो । यसमा कूल ६० जना थिए । तर अन्त्यमा १० नेपालीको एक समूह बन्यो र यो ऐतिहासिक उपलब्धि नेपालको नाममा पर्यो ।

यूके स्पेशल बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो आरोहण गरेपछि उत्सव मनाउँदै त्यहाँको तस्बिर साझा गरेका छन् । उनीहरुको यो उपलब्धिको पुष्टि पर्वतारोहणका आयोजक ‘सेभेन समिट ट्रेक’ ले पनि गरेका छन् ।

निर्मल पुर्जाले भने, ‘मानव जातीको यो इतिहासको हिस्सा हुन पाउँदा हामीलाई गर्व छ । यसले यो प्रमाणित हुन्छ कि सँगै मिलेर र एक सकारात्मक मानसिक उद्देश्यसहित सीमालाई तोड्न सकिन्छ । हामीले जे महसुस गर्छौं, त्यो पाउन सकिन्छ ।’

पहिलो पटक सन् १९८७–१९८८ मा केही विन्टर पर्वतारोहीले केटु आरोहण गर्ने कोसिस गरेका थिए तर अहिलेसम्म कुनै पनि पर्वतारोहीले गर्न सकेका थिएनन् ।

समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै चर्चित पर्वतारोही कामी रिता शेर्पाले दशकौंदेखि नेपालीले विदेशीलाई हिमाल चढ्न मद्दत गर्दै आएका छन् र हामीले जस्तो श्रेय पाउनु पर्ने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal