आज :

आज माघे संक्रान्तिः थारु समुदायको नयाँ वर्ष, मुखिया चयन गरिँदै

काठमाडौं । आज माघ १ गते अर्थात माघी संक्रान्ति पर्व । आज थारु समुमदायको नयाँ वर्ष पनि हो । कोरोना कहरबीच थारु समुदायले नयाँ वर्ष मनाइरहेका छन् । नयाँ लुगा लगाउने र मिठा खाने कुरासँगै परम्परागत पहिरनमा विविध कार्यक्रम गरी नयाँ वर्ष मनाइँदैछ ।

अन्य समुदायले आज माघी संक्रान्ति पर्वको रुपमा मनाउँछन् । विहानै स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी माघे संक्रान्ति पर्व मनाइन्छ ।

त्यसैगरी थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै नयाँ नेता छान्ने चलन पनि छ । थारु समुदायले विहानै स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । थारु समुदायले बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिएर नयाँ वर्ष मनाउदै आएका छन् ।

थारु समुदायले आजै नयाँ नेता अर्थात मुखिया छान्ने पनि गर्छन् । एक वर्षको लागि नयाँ नेता छान्ने चलन छ । सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । त्यस्तै आजै महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको पनि चयन गर्ने चलन छ । सर्वसम्मती नभएको ठाउँमा चुनाव गरेर छान्ने गरिन्छ ।

आज चयन गरिएका पदहरु एक वर्षसम्म कायम हुनेछन् । बीचमा परिवर्तन हुँदैन । थारु समुदायमा आज बनाएका नियम एक वर्षसम्मको लागि अकाट्य नै हुन्छन् । यस प्रथालाई माघी देवानी भनिन्छ ।

तराईका धेरै ठाउँमा आजदेखि पाँच दिनसम्म माघी मनाइन्छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

आज सरकारले सार्वजनिक बिदा दिएको छ । माघी सबै समुदायले फरकफरक शैलीमा मनाउने गर्दछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा र विभिन्न राजनीतिक पार्टीका नेताहरुले माघीको शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरिएको छ । राष्ट्रपति भण्डारीले माघीले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal