आज :

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसम सामान्य बदलीदेखि वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन तर धेरै स्थानमाम बदली हुनेछ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ र केही स्थानमा वर्षा हुनेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal