News Portal

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री रावललाई कोरोना संक्रमण

डबली संवाददाता२०७७ पुस २७ गते
७७ पटक

काठमाडौँ । कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री रावलका स्वकीय सचिव नन्दबहादुर रोकायाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा गरिएको परीक्षणको क्रममा पुस १६ गते साँझ ६ बजे मन्त्री रावललाई कोरोना संक्रमण भएको पुष्टि भएका रोकायाले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार मन्त्री रावल उप उपचारको लागि काठमाडौँ आएका छन् । उनको स्वास्थ्य सामान्य रहेको सचिवालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्