आज :

कोरोना खोपः नेपालमा १८ सय जनामा ट्रायल गरिँदै, भारतमा ३० करोडलाई शनिबारदेखि खोप

काठमाडौँ । नेपालमा कोरोना खोपको बल्ल तेस्रो चरणको ट्रायलको तयारी थालिएको छ । तेस्रो चरणको ट्रायलको लागि दुई वटा खोपले अनुमति पाएका छन् ।

नेपालमा ट्रायलको लागि क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपले अनुमति पाएका छन् । चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

क्लोभरको खोप कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियतन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पुर्‍याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ ।

त्यसैगरी अस्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको छ । एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार यो खोप ट्रायलको सम्पूर्ण आर्थिक भार कम्पनीले आफै बेहोर्नेछ । परिषदको इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सलले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको र अस्ट्रेलियन खोपको ट्रायल गर्ने बारेमा प्रशासनिक र प्राविधिक काम भइरहेको बताइएको छ । क्लोभरको खोपको ट्रायलको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्छ ।

यसैबीच यो हप्ताको शनिबारदेखि भारतले खोप लगाउन सुरु गर्ने बताएको छ । भारत सरकारले पहिलो चरणमा ३० करोड मानिसहरुलाई कोरोना खोप दिने तयारी थालेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । शनिबारदेखि लगाउन सुरु गरिने खोपको लागि आवश्यक कानुनी प्रक्रियासँगै जनशक्ति समेत खटाइसेको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गंभीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको अस्ट्राजेनेका र स्थानीय रुपमा उत्पादन भैरहेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal