आज :

कोरोनाबाट नेपालमा १९१७ जनाको ज्यान गयो, २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा १ हजार ९ सय १७ जनाको ज्यान गएको छ । आइतबार थप ५ जनाको ज्यान गएको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना संक्रमणबाट २ लाख ६४ हजार ७ सय ८० संक्रमित भएका छन् । आइतबार थप २५९ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्ला दिनमा कोरोना परीक्षण दर घटेसँगै संक्रमित पनि घट्दै गएका छन् । आइतबार ३३९९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको थियो ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । आइतबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको थियो । आइतबार थप ५१३ जना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका थिए ।

कुल संक्रमितको संख्या घटेपनि तुलनात्मक रुपमा काठमाडौं उपत्यकामै संक्रमितको संख्या बढी छ । कुल संक्रमित २५९ मध्ये काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal