आज :

अन्ततः थाके ट्रम्प, भन्छन्-२० जनवरीमा शान्तिपूर्णरुपमा सत्ता सुम्पिन्छु

काठमाडौं । चुनावी परिणामलाई आफ्नो पक्षमा पार्ने सबै खाले हतकण्डाबाट सफल हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प थाकेका छन् । उनले शान्तिपूर्णरुपमा जनवरी २० मा सत्ता सुम्पिने बताएका छन् ।

संसद कब्जा गरेर परिणाम आफ्नो पक्षमा पार्ने बुधबारको घटनाले अमेरिकाकै इतिहासमा बदनाम भएपछि ट्रम्प नव निर्वाचित राष्ट्रपति जो बाइडनलाई पहिलो पटक सत्ता सुम्पिने बताएका छन् । तर ट्रम्पले आफ्नो पराजयलाई भने अस्वीकार गरेका छन् ।

निर्वाचनको परिणाम आउन सुरु हुँदा नै धाँधली भएको प्रतिक्रिया दिन सुरु गरेका ट्रम्पले अदालतमा रिट समेत गरेका थिए । तर अदालतले धाँधली भएको प्रमाण नभएको भन्दै उक्ति रिटहरु खारेज गरेको थियो ।

जो बाइडनको जीतलाई प्रमाणिकरण गर्न वा औपचारिक दिने कार्यलाई रोक्न बुधबार ट्रम्पले हतियारसहित आफ्ना समर्थकलाई संसद भवनभित्र पसेर कब्जा गर्न भनेका थिए । संसद बाहिर उत्तेजित भाषण गरेपछि ट्रम्पका समर्थकहरुले संसद भवनभित्र पसेर तोडफोड गर्नुको साथै सभामुखलगायत कर्मचारीका कार्यकक्ष केही समय कब्जा समेत गरेका थिए ।

सुरक्षाकर्मीले ट्रम्पका समर्थकमाथि गोली नै चलाएको थियो । एक जनाको ज्यान जानुको साथै दर्जनबढी घाइते भएपछि ट्रम्प आत्तिदै समर्थकलाई घर फिर्ता हुन आदेश दिएका थिए । सुरक्षाकर्मीले सहयोग नगरेपछि ट्रम्पका समर्थक संसद भवन छोड्न बाध्य भएका थिए । यो घटना अमेरिकी इतिहासकै सबैभन्दा भद्दा भएको ट्रम्पकै पार्टीका नेताहरुले बताउन थालेका छन् ।

अमेरिकाको ४६ राष्ट्रपतिको रुपमा विजय भएका डेमोक्र्याट उम्मेदवार जो बाइडेनले बिही‍बार सत्ता सम्हाल्न औपचारिक अनुमति प्रदान गरेका छन् । संसदले परिणाम प्रमाणित गर्न रोक्ने ट्रम्पको प्रयास असफल भएको छ ।

नयाँ राष्ट्रपति बाइडनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्प २३२ मा सिमित भएका छन् । उपराष्ट्रपति एवं सिनेटका अध्यक्ष माइक पेन्स र प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा गरिएको परिणामलाई सदर गरिएको थियो ।

राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ । संसदले प्रमाणीकरण गरेसँगै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले जनवरी २१ देखि आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।

राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाउन सक्ने दंगालाई मध्यनजर गर्दै वासिङ्टन डिसी शहरमा जनवरी २१ सम्म संकटकाल पनि लगाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal