News Portal

  • नेकपाका काठमाडौं सेक्रेटरी विपिनसहित तीन जना पक्राउ

    डबली संवाददाता२०७७ पुस २३ गते
    १५२ पटक

    काठमाडौं । नेपला कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरीसहित तीन जनालाई प्रहरीले गि रफ्तार गरेको छ । नेकपाका काठमाडौँ सेक्रेटरी भिमसेन घिमिरे ‘विपिन’, जिल्ला सदस्य हरिबहादुर चन्द र विरेन्द्र शाहीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौँबाट गि रफ्तार गरेको हो ।

    पार्टीका कामको सिलसिलमा वानेश्वर मध्यवानेश्वर पुगेको बेला तीनै जनालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

    प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले पक्राउ गरेको बताएको छ । उनीहरुलाई अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले तीनै जनालाई चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।

    प्रतिकृया दिनुहोस्