आज :

सत्ता कब्जा गर्ने ट्रम्पको योजना असफल, समर्थकलाई घर फर्किन आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्ता कब्जा गर्ने योजना असफल भएको छ । चुनावी परिणामलाई अस्वीकार गर्दै सजिलै सत्ता नछोड्ने बताउँदै आएका ट्रम्पले समर्थकलाई संसद भवनभित्र पसेर चुनावी परिणामको अन्तिम छिनोफानोलाई रोक्न आदेश दिएका थिए ।

बुधबार राति संसद भवन बाहिर समर्थकलाई भेला गरेर ट्रम्पले चुनावी परिणामलाई अ पहरण गरेको भन्दै नमान्ने घोषणा गरेका थिए । ट्रम्पको सम्बोधनपछि हतियारसहित उपस्थित भएको भिड संसद भवनभित्र पसेको थियो । संसद भवनका झ्याल ढोकाबाट समेत भित्र पसेका ट्रम्पका समर्थनकले नाराबाजी गर्नुको साथै सभामुख र अन्य कर्मचारीका कार्यकक्षलाई नियन्त्रण लिएका थिए ।

सत्ता कब्जा गर्न खोजिएपछि बुधबार बेलुकी ६ बजेदेखि संसद भवन कब्जा गर्ने प्रयास विहीबार विहानसम्मै क.र्फ्यू घोषणा गरिएको थियो । ट्रम्पका समर्थकले अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

सुरक्षाकर्मीले ट्रम्पका समर्थकमाथि भटाभट गोली चलाउन थालेपछि पछि हट्न बाध्य भएका थिए । सो ट्रम्पका एकजना समर्थकको ज्यान गएको छ । संसद भवन कब्जा गर्न नसकिने भएपछि ट्रम्पले समर्थकलाई घर फर्किन भनेका थिए । उनको यो कदमको चर्को विरोध भइरहेको मिट रम्नीले ट्रम्प स्वार्थी व्यक्ति भएको बयान दिए । ट्रम्पले लगातार धाँधलीको आरोप लगाउँदै चुनावको नतिजामाथि प्रश्न उठाउँदै आएका थिए

अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको बेला ट्रम्पका समर्थकरु एकाएक संसद भवनभित्र पसेका थिए । संसदमा चलेको बहस रोकिनुको साथै हंगामा मच्चिएको थियो ।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहँदा प्रदर्शनकारी र प्रहरीबीच झ.डप भएको थियो । स्थिती अनियन्त्रित भएपछि २७ सय नेशनल गार्डलाई क्यापिटल पठाइको छ।

द वासिङ्टन पोस्ट र सीएनएनका अनुसार झडपका क्रममा एक महिलाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी ट्रम्पका समर्थक घाइते भएका छन् । ट्रम्पले असफल ‘कू’ प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal