आज :

संसद विघटनविरुद्ध परेका रिटमाथि आजबाट सुनुवाइ सुरु, फैसला कहिले आउछ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध परेका रिटमाथि आजबाट सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सबै रिटमाथि एकैसाथ अन्तिम सुनुवाइ सुरु हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्नी सापकोटाको लिखित जवाफ पुगिसकेको छ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेपनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले अन्तिम फैसला आउन कम्तीमा पनि एक महिना लाग्न सक्ने अनुमान गरिएको छ ।

यही पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको भन्दै दर्जनबढी उजुरी परेका छन् ।

नियमित सुनुवाइबाट संवैधानिक इजलासमा पुगेको संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ ।

प्रधानन्यान्याधीशले गठन गरेको संवैधानिक इजलासमाथि प्रश्न उठाउँदै रिट पूर्ण इजलासमा लिनु पर्ने माग गर्दै मंगलबार निवेदन समेत परेको छ ।

यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बदि्रबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।

संविधानमा व्यवस्था नभएकोले संसद विघटन बदर गर्दै अदालतदेखि सडकसम्म नारा लागेपनि अन्तिम फैसला के आउछ सबैको चासो विषय बनेको छ । सरकारको प्रभाव न्यायापालिकामा कति पर्छ भन्नेमा फैसला निर्भर रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal