आज :

कोरोना संक्रमणबाट नेपालमा १८९३ जनाको ज्यान गयो, ५ हजार २२५ जना उपचारमा

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा १ हजार ८९३ जनाको ज्यान गएको छ । मंगलबार थप ८ जना संक्रमितको ज्यान गएसँगै मृतकको संख्या १८९३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ ।

नेपालमा २ लाख ५५ हजार ६६६ जना कोरोनामुक्त  भएका छन् । गएको २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमणमुक्त भएसँगै यो संख्या पुगेको हो । अब नेपालमा ५ हजार २२५ जना संक्रमित उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal