
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको लागि उपचारको लागि आज भारत जान लागेका छन् । केही दिनदेखि स्वास्थ्यमा समस्या भएपछि सितालाई मेडिसिटी हस्पिटलमा उपचार गरिएको थियो । स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारको सितालाई आज भारतको मुम्बई लगिँदै छ ।
प्रचण्डको सचिवालयका अनुसार सितालाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको छ । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने बताइएको छ ।
पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।
आइतबार बसेको स्थायी समिति बैठकमा प्रचण्डले सिताको उपचारको लागि आफू भारत जानुपर्ने भएको जानकारी गराएका थिए । बैठकले प्रचण्डको प्रस्ताव पास गर्दै सिताको स्वास्थ्यलाभको कामना गरेको थियो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।
सीता दाहाल प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित भएको चिकित्सकले बताउँदै आएका छन् । यो रोगले मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन गर्छ ।