आज :

कोरोना कहरः ९ महिनापछि खुल्ने भए विद्यालय र फिल्म हल

काठमाडौं । कोरोना भाइरसबाट बच्न भन्दै बन्द सबै शैक्षिक संस्था खोल्नु भएका छन् । २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्ने निर्णय भएसँगै अब केही दिनमै सबै क्षेत्र खुल्ने भएका छन् ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको थियो । स्वास्थ्य मापदण्डको पालना गरी सबै क्षेत्रका शैक्षिक संस्था खोल्न दिने निर्णयसँगै तयारी सुरु भएको छ । त्यसैगरी कोरोनाको नयाँ लहरको संक्रमण बढे जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीले निर्णय गरेको छ ।

आइतबार सीसीएमसी बैठकले निर्णयसँगै नीजि तथा सरकारी विद्यालयहरुले सञ्चालनको तयारी थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएको छ ।

लामो समयदेखि विद्यालयहरु सञ्चालनमा नआउँदा लाखौं बालबालिकाहरु अहिलेसम्म विद्यालय जान पाइरहेका थिएनन् । आइतबारको सीसीएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।

आइतबार सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal