आज :

कोरोनाविरुद्धको अमेरिकी खोपलाई डब्ल्यूएचओले दियो अनुमति 

काठमाडौं । कोरोनाविरुद्ध अमेरिकी खोप फाइजर–बायोटेकले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अनुमति पाएको छ । संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर–बायोटेकको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

डब्ल्यूएचओका सहायक महानिर्देशक डाक्टर मारिएन्जेला सिमाओले विश्वभरका खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर–बायोटेकको खोपलाई अनुमति प्रदान गरिएको बताउनुभएको खबरमा उल्लेख छ ।

साथै उहाँले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै पहुँच स्थापित गर्न यो निर्णय महत्त्वपूर्ण भएको बताउनुभो । फाइजर–बायोटेकले उत्पादन गरेको खोपलाई बेलायत, अमेरिका, क्यानडालगायतका देशले अनुमति दिइसकेका छन् । केही देशमा यो खोप लगाउनसमेत सुरु भइसकेको छ ।

अमेरिकाले अमेरिकी कम्पनी मोडेर्नाले उत्पादन गरेको खोपलाई पनि अनुमति दिएको छ भने चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal